सरकारले काम गर्नुपर्छ,होइन भने अब हामी प्रश्नको भारी बोक्न सक्दैनौ : चन्द्र भण्डारी

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार अगाडि बढेमा व्यवस्था नै संकटमा पर्नसक्ने चेतावनी दिएका छन् । आज (मंगलबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यथास्थितिमै सरकार अगाडि बढेमा व्यवस्था, नेतृत्व र मुलुकमाथि नै संकट आउनसक्ने बताएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि आफू…