काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेमाथि कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै थापाले उक्त प्रकरणमा संलग्न जतिसुकै शक्तिशाली भए पनि कानूनी दायरामा आउनुपर्ने बताएका हुन् । उनले राजनीतिक वा आर्थिक शक्तिमा आबद्ध भएकै कारण नेपालको सार्वजनिक जग्गा कसैले हडप्न खोने छुट…