काठमाडौं, १५ साउन । संसदीय समिति नेतृत्वविहीन रहेका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको छ । सभापति नहुँदा समिति प्रभावकारी नभएको उनीहरूको ठहर छ । आज बिहान प्रधानमन्त्रीलाई भेटेर त्यसबारेमा ध्यानाकर्षण गराइएको प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।“संसदीय गतिविधि र समसामयिक विषयमा छलफल भयो, संसदीय समितिको काम–कारबाहीमा…