काठमाडौं, ३ असार । विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले का सचेतक महेश बर्तौलाले शीर्षकमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै नियमापत्ति जनाए। सचेतक बर्तौलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरले पर्यटनमन्त्री सुदन किरातीलाई सोबारे…