काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने बताएका छन् । लामाे समयदेखि आफूले जनतासँग ‘सिधाकुरा’ नगरेकाे भन्दै सभापति लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्न लागेकाे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति…