काठमाडौं क्षेत्र नम्बर १मा नेपाली कांग्रेसबाट विजयी नेता प्रकाशमान सिंहसहितको टोली मेलम्ची खानेपानी आयोजनास्थल निरक्षण मा पुगेको छ।डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त आयोजनास्थलबाट हिउँद लागेसँगै काठमाडौंमा पानी पठाउने तयारी भएपछि प्रकाशमानसहितका जनप्रतिनिधि त्यहाँ पुगेका हुन्। बिहीबार मेलम्चीको सुरुङ क्षेत्रमा पुगेका उनीहरुले त्यहाँ भइरहेको कामको प्रगतिबारे पनि जानकारी लिएका छन्। त्यसक्रममा सिंहले अहिले पनि कांग्रेसकै नेतृत्वको सरकार…