काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। आजको बैठकबाट नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवार टुंगो लगाउने तयारी गरेको छ । तेस्तै आजकै बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम तय हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले…