सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई शुक्रबार प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन्। शाहसहित नेकपा एसका नरेश शाही र कांग्रेसका प्रकाश देउवालाई मन्त्रीको शपथ गराइएको छ । देउवाले भौतिक पूर्वाधार र एकीकृत समाजवादीका शाहीले आर्थिक मामिला मन्त्रीको सपथ लिएका हुन् ।