बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले संसद्को अवरोध हटाउन विपक्षी दलसँग वार्ता गर्ने निर्णय गरेको छ । आइतबार करिव दुई घण्टा बसेको बैठकमा समयसामयिक राजनीतिक सबै विषयमा छलफल भए पनि प्राथमिकता भने संसद्को अवरोध हटाउने विषयले पाएको थियो । “संसद्को अवरोध हटाउने विषयमा विपक्षीसँग कुराकानी गर्ने भन्ने समझदारी भएको छ,” नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर…