काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ निर्वाचन गराई राजनीतिक सुशासन कायम गर्न सबैले जिम्मेवार भई योगदान गर्न आवश्यक रहेको बताएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन ९फागुन २१ गते० स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बांके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले…