चुनावी प्रचारका लागि इलामपछि पाँचथर पुगे बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ट नेता बालेन शाह चुनावी दौडधुपमा व्यस्त छन् । उनी आज इलामको सदरमुकाम चोकबजारमा आयोजित कार्यक्रममा सहभागी भएर पाँचथर पुगेका हुन् ।चुनावी प्रचारप्रसार र आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न शाह इलाम,पाँचथर पुगेका हुन् । इलाममा सर्वसाधारण माझ शाहले पार्टीको नीति, कार्यक्रम र आगामी योजनाबारे जनतालाई जानकारी गराएका छन्।