एमाले स्थायी कमिटी बैठकमै अध्यक्ष ओलीले दिए शाक्यलाई बधाई

बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्। मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुख्यमन्त्री शाक्यलाई बधाई दिएका हुन्। ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकमा ओलीले भने, “संघीय गणतान्त्रिक नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नु भएकोमा अष्टलक्ष्मी शाक्यलाई बधाई दिन चाहन्छु।” यता…