वर्तमान सरकारले ‘एमसीसी’ अगाडि बढाउन खोज्यो : सीपी गजुरेल

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले राष्ट्रहित विपरित वर्तमान सरकारले अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न खोजेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंको माइतिघरमा आयोजित एक कार्यक्रममना संसदमा सरकारले एमसीसी परियोजना अघि बढाउन खोजेको बताएका हु्न् । उहाँले प्रधानमन्त्रीले संसदबाट एमसीसी पारित गराउन माओवादीसँग सहयोग मागेको जानकारी आएको पनि बताउनुभयो ।…