एमाले नेता नेपालको पुत्ला दहन

राष्ट्रिय युवा संघले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको पुत्ला दहन गरेको छ । आफ्नै पार्टीलाई घात गरेर अर्को पार्टीलाई मत दिएको भन्दै ललितपुरको बालकुमारीमा युवा संघका कार्यकर्ताहरुले नेपालको पुत्ला दहन गरेका हुन् । कार्यकर्ताहरुले नेता नेपालको पुत्लालाई खाटमा राखेर शंख बजाउदै शवयात्रासमेत निकालेका थिए। ती कार्यकर्ताहरूले बालकुमारीस्थित पुलको छेउमा नेता नेपालको पुत्ला जलाउँदै दाहासंस्कार…