संसद विघटनको विरोध र संविधान जोगाउनका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटन बिरुद्द राजनीतिक र कानुनी लडाईं लड्ने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पुर्व पदाधिकारी बैठकले यस्तो निश्कर्ष निकालेको बैठकपछी सहमहामन्त्री डा . प्रकाशशरण महतले जानकारी दिए । बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको र…