निर्वाचन आयोगले उस्ताउस्तै नाम राख्न नमिल्ने बताएपछि माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टीको नामबाट एमाले हटेको छ। नेपाल समूहका नेताहरूले यसअघि राखिएको नेकपा एमाले (समाजवादी) नाम बदलेर नेकपा एकीकृत समाजवादी राख्ने भएका हुन् । नेता जगन्नाथ खतिवडाले केही दिनअघि जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश र सोही अध्यादेश बमोजिम बनेको नियमावली अनुसार दल विभाजन गरी नयाँ दल…