प्रधामन्त्री देउवालाई कोरियाली राष्ट्रपतिको बधाई

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा गणतन्त्र कोरियाका राष्ट्रपति मुन जे इनले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका छन।परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले आज हस्तान्तरण गरे । बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिमा आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले…