नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुमतको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले जनताले दिएको मतको रक्षा गर्न नसकेको बताउनुभएको छ । पाल्पाको रामपुरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपाली जनताले नेकपालाई बहुमतले जनमत दिएर पठाए पनि जनमतको रक्षा गर्न नसकेको आरोप लगाउँदै प्रतिनिधिसभा विघटनले देशमा अन्यन्तै ठूलो विषम…