नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड(नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा भनेकी छिन् । उनले भण्डारीलाई लोकतन्त्र र संविधानविरुद्धको खलपात्रको संज्ञा दिदै उनीविरुद्ध निरन्तर बोलिरहने बताइन् । ‘विद्या भण्डारी अहंकारी सन्की प्रधानमन्त्रीको प्यादा हुन्,’ आज नेकपा प्रचण्ड(नेपाल समूहले भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभामा बोल्दै झाँक्रीले भनिन्,‘निरंकुशताको साक्षी कोही बस्छ र…