सर्बोच्चमा प्रचण्डविरुद्धको अवहेलना मुद्दाको पेसी सर्यो

सर्बोच्च  अदालतमा प्रचण्डविरुद्धको  अवहेलना मुद्दाको पेसी सरेको छ । सर्वोच्च अदालतमा अध्यक्ष प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । मुद्दाको पेसी न्यायाधीश मनोज शर्माको इजलासमा तोकिएपनि बेञ्च बस्न नपाएकाले मुद्दाको पेसी सरेको सर्वोच्च अदालतले जनाएको छ ।