राजपत्रमा प्रकाशित सूचनाको वैधानिकतामाथि इजलासमा उठ्यो प्रश्न

प्रतिनिधि सभा विघटन सम्बन्धी राजपत्रमा प्रकाशित सूचनाको वैधानिकतामाथि कानून व्यवसायीहरुले प्रश्न उठाएका छन् । प्रतिनिधि सभा विघटन बिरुद्ध परेको रिट बारे संबैधानिक इजलासमा सुनुवाई सुरु भएलगत्तै वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले सूचनाको वैधानिकतामाथि इजलासमा प्रश्न उठाउनु भएको थियो । प्रतिनिधि सभा विघटन भएको एक महिना पछि मात्र सूचना प्रकाशित भएको भन्दै श्रेष्ठले इजलास समक्ष भन्नुभयो, राजपत्र…