प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार आजकै बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेका हुन् । सर्वोच्च अदालतले २८ असारमा पुनस्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो…