नेपाली काँग्रेस पार्टीले सार्वजनिक गरेका विरोध कार्यक्रमलाई देशब्यापी शसक्त बनाउन नेपाल तरुण दलले आफु माहतहतका सबै जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।दलका अध्यक्ष जित जङ्ग बस्नेतले एक परिपत्र जारी गर्दै सबै जिल्ला समितीहरुलाई निर्देशन दिएका हुन । परिपत्रमा के .पी . शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड-१९…