प्रतिनिधिसभा पुनःस्थापना गराएरै छाड्छौ माधब नेपाल

नेपाल कम्युनिष्ट पार्टी  दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले संविधानको भावना विपरीत गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई अस्वीकार गरिने बताउनुभयो । संविधानको प्रावधानलाई कुल्चेर यसको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु कुनै पनि हिसाबले उचित नभएको उहाँले…