कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले संवैधानिक परिषदको निर्णयलाई आफू अनुकुल बनाउन राष्ट्रपतिलाई राजनीतिक रुपमा प्रभावित पारेर हतारमा अध्यादेश जारी गर्नुले ओली सरकारको सर्वसत्तावादी चरित्र नांगिएको बताएका छन । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपती बिधादेबी भण्डारिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७ जारी गरेपछी सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै महामन्त्री कोइरालाले यस्तो बताएका हुन । कोइरालाले सरकारको…