नेपाली कांग्रेस झापाले कोरोना संक्रमणको नियन्त्रण र नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशिल हुन सरकारलाई सचेत गराएको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले आज एक विज्ञप्ति जारी गर्दै जनताको जीउधनको सुरक्षा गर्नुपर्ने दायित्वबाट सरकार च्युत भएको भन्दै यसप्रति संवेदनशील हुन सचेत गराउनुभएको हो । कोरोना महामारी नियन्त्रणका लागि अविलम्ब सबै नागरिकलाई निःशुल्क खोपको ब्यवस्था गर्न,…