कांग्रेस नेतृ डिना उपाध्याय कोरोना संक्रमण मुक्त

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कोरोनाभाइरसलाई जितेकी छन् । ललितपुरको स्टार अस्पतालमा गरिएको नमूना परीक्षण रिपोर्ट नेटिभ आएको उपाध्यायले बताएकी छिन् । उनले २१ दिनमा कोरोना जितेकी हुन् । उपाध्याय साउन २७ गतेदेखि नै होम आइसोलेसनमा बसेकी थिइन् । कांग्रेस नेतृ उपाध्यायलाई कोरोनाभाइरसको लक्षणहरू सामान्य मात्रै देखिएको थियो ।