कांग्रेस पदाधिकारी बैठक आज बस्दै

कांग्रेस पदाधिकारी बैठक सोमबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने भएको छ । बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको बारेमा छलफल हुने बताइएको छ । बैठकमा वर्तमान पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु सहभागी हुनेछन् ।