सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराउनुभएको छ । सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उहाँ निर्वाचित हुनुभएको थियो । सांसद शिवाको गत असोज २८ गते…