०४६ साल पछाडि सार्वजनिक पदमा बसेका सबै नेताहरुको सम्पत्ति छानविन गरौं : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले संसदबाटै एउटा शक्तिशाली छानबिन आयोग बनाएर ०४६ साल पछाडि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘जेन जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक छलफल कार्यक्रममा उनले नेपाली काङ्ग्रेसका मान्छेले उक्त आयोगले भनेका कुरालाई केही नभनी मान्छु भनेर एकपटक आँट गर्ने हो भने…