पूर्वप्राधाअनमन्त्री तथा एमालेका नेता झलनाथ खनालले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन्। बुधबार संसद बैठकबाट बाहिरिँदै खनालले भने,‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं।’खनालले थप भने, ‘हामी अब एमाले भयौं । संसदमा विभिन्न राजनीतिक खेलहरु हुनेछन् । म एमालेको वरिष्ठ नेताको हैसियतले भन्नुपर्दा अब हाम्रो पार्टी सरकार जोगाउनेतिर लाग्छ…