चौतर्फी आलोचना भएपछी सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ।प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत खर्चको विवरण सार्वजनिक गरेका छन्। उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोख्रेल नेतृत्वको सीसीएमसी निर्देशन समितिकाे निर्णयअनुसार काेराेना राेकथाम, नियन्त्रण र उपचारमा भएकाे खर्च विवरण सार्वजनिक गरिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले जानकारी दिएका छन…