सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्र ब्युँतिएका छन् । आज सर्वोच्च अदालतको फैसलाले स्पष्ट रुपमा पुरानो अवस्थामै फर्कने गरी उल्लेख गरेपछि ब्युँतिएको हो । सर्वोच्चको फैसलामा भनिएको छ,‘निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी…