विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका छन् । सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन्। सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरु पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका…