प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना भइरस (कोभिड १९) लाई रोक्न पूर्ण तयारी गरेको बताएका छन् । विश्वमा माहामारीका रूपमा फैलिएको कोरोना भइरसको संक्रमणबाट प्रदेशका बासिन्दालाई बचाउने अभियानमा प्रदेश सरकार रहेको भन्दै मुख्यमन्त्री राईले सरकारले गर्नुपर्ने तयारीका सबै काम गरिरहेको बताए । प्रदेश सरकारले विज्ञ चिकित्सकहरूको टोली गठन गरी विभिन्न अस्पतालमा काम…