राजपत्रमा प्रकाशित प्रतिनिधि सभा विघटनको सूचना संवैधानिक इजलासमा पेश

शुक्रबारको सर्वोच्च अदालतको संवैधानिक इजलासमा राजपत्रमा प्रकाशित प्रतिनिधि सभा विघटनको सूचना पेश भएको छ। महान्यायाधीवक्ता अग्नि खरेलले इजलासमा सूचना पेश गरेका हुन्। बिहीबार संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि इजलासले सूचना आज पेश गर्नू भनेको थियो।