नेकपाको घर झगडाले कांग्रेस सांसद दुखी

काठमाडौं राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेपाल कम्युनिष्ट पार्टीभित्र दुई शिर्ष नेताहरुबीच भएको संवाद र तिक्तताले सबै राजनैतिक दलका कार्यकर्ताको शीर निहुरिएको बताए । यस किसिमको व्यवहार र संवादको शैलीले राजनीतिक संस्कृति नै बदनाम हुने भन्दै चिन्ता व्यक्त गरे ।…