सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । मन्त्रिपरिषदबाट सोमबार पारित भएको नयाँ नक्सा आज (बुधबार) दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले मन्त्रालयमा सार्वजनिक गरेकी हुन् । यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेन नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् ।…