काठमाडौं– नेपाली कांग्रेसका सांसद हरूले बाढी पिडित जनताको उद्दारमा खटिनुपर्ने भएकाले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन्। मंगलबार सिंहदरबारमा बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेसका सांसदहरू डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढीपहिरो र डुबानपीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति…