ओली सरकारले गर्ने गल्ती र कमजोरीको कांग्रेसले एक–एक हिसाब राख्छः कांग्रेस सभापति देउवा

रुपन्देही जेठ, १९– कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडी खरिद र बालुवाटार जग्गा प्रकरणबारे सुक्ष्म अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धानलाई आग्रह गरेका छन् । आइतबार प्रेस युनियन रुपन्देहीले भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वाइडबडी खरिद र बालुवाटार काण्डमा ठूलो घोटाला भएको भन्दै अख्तियारले…