निरुङ्कुशता विरुद्ध सङ्घर्ष गर्ने काँग्रेस संसदीय दलको निर्णय

जेठ १,काठ्माण्डौ- नेपाली काँग्रेस संसदीय दलको बुधबार सिंहदरबारमा बसेको बैठकले मिडिया काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी ऐनहरु फिर्ता लिन सरकार सगा माग गरेको छ । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सरकारले ल्याउन लागेका ऐनहरु एकाधिकारबादको पक्षमा भएकोले निरुङ्कुशताको विरुद्ध सङ्घर्ष गर्ने पनि निर्णय गरेको छ…