काठमाडौं जेठ, २– मिडिया काउन्सिलसम्बन्धी विधेयकको आलोचना भइरहँदा प्रधानमन्त्री केपी ओलीले हचुवामा नल्याइएको बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सकेर फर्किएका प्रधानमन्त्रीले बुधबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मिडिया काउन्सिलसम्बन्धी विधेयकको बचाउ गरेका हुन् । ‘संसद्भन्दा अगाडि सरेर लोकतन्त्रको बदनाम नगर्नूस् । सभ्य समाजका लागि विधेयक ल्याइएको हो ।…