काठमाडौँ । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ‘प्याकेज’ मै भागबन्डाको प्रयास सफल नभए विधानअनुसार अघि बढ्न सभापति शेरबहादुर देउवालाई दबाब दिने रणनीति बनाएको छ । महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा सोमबार बसेको पौडेल पक्षको बैठकले सभापति देउवाले विधानविपरीत पार्टी सञ्चालन गर्न खोजेको निष्कर्ष निकालेको छ । महाधिवेशनको कार्यतालिका, विभाग र भ्रातृसंस्था गठनको विषयलाई लिएर दुई सातादेखि…