पार्टीमा देखिएको विवादबारे छलफल गर्न सभापति देउवाले बोलाए आफूनिकट नेताको बैठक

काठमाडौं फागुन, ३०– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुलाई बुढानिलकण्ठ निवासमा बोलाएका छन् । पार्टीमा देखिएको पछिल्लो विवादका विषयमा रणनीति बनाउन सभापति देउवाले आफूनिकट नेताहरुलाई बुढानिलकण्ठ बोलाएका हुन् । सभापति देउवाले अनुशासन समिति, निर्वाचन समिति र नेतृत्वविहीन नेविसंघलगायतका बारेमा आफ्नो धारणा तय गर्न नेताहरुलाई बुढानिलकण्ठ निवासमा बोलाएका हुन् । दिउँसो तीन बजे देउवा निवास…