कालापानी र लिपुलेक भारतले मिचेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न मिल्दैन : प्रचण्ड

काठ्माण्डौ- सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले मिचेको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न  नमिल्ने  बताएका छन्। राज्यव्यवस्था समितिले उक्त बिषयमा राखेको छलफलमा बोल्दै अध्यक्ष दाहालले यस्तो भनाई राखेका हुन्। सीमा विवादको विषयलाई कूटनीतिक रुपमा समाधान गर्नुपर्नेसमेत उनले प्रष्ट पारे। ‘सीमा विवादको विषयलाई अहिले नै अन्तर्राष्ट्रियकरण गरियो भने समस्या पैदा हुन…