चिकित्सा शिक्षा विधेयकमा कांग्रेसको संशोधन प्रस्ताव दर्ता

काठमाडौं माघ, १७– नेपाली कांग्रेसले राष्ट्रियसभामा पुगेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा दुईवटा संशोधन दर्ता गरेको छ । बिहीबार कांग्रेस सांसद राधेश्याम अधिकारीले संशोधन दर्ता गरेको संसद सचिवालयले जनाएको छ । कांग्रेसकै सरिता प्रसाईं, प्रकाश पन्थ र बद्रीप्रसाद पाण्डेले विधेयकमा संयुक्त रुपमा अर्को छुट्टै संशोधन दर्ता गरेका हुन । सरकार समर्थक दल राष्ट्रिय जनता पार्टी (राजपा)…