काठमाडौं जेठ, २१– सत्तारुढ नेकपाका सांसदले विद्युत प्राधिकरणमा भएको अनियमितताबारे छानबिन गर्न माग गरेका छन् । नेकपाका सांसद महेश बस्नेतले मंगलबार संसदमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमानका राम्रा कामको सँधै समर्थन गरेको र गलत गरेको भए अख्तियारले छानबिन गर्नुपर्ने माग गरेका हुन् । संसदको शुन्य समयमा बोल्दै सांसद बस्नेतले संसदको लेखा समितिको बैठकमा केही विषयमा…