सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनको शपथ

सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले पद तथा गोपनीयताको शपथ लिँदैछन् । आइतबार दोस्रो कार्यकालका लागि उपराष्ट्रपति निर्वाचित भएका पुनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा अपराह्न ४ बजे शपथ हुँदैछ । सोमबार अपराह्न ४ बजे सपथको समय टुंगो लागेको पुनका प्रेस संयोजक मनोज घर्तीले जनाए ।…