काठमाडौं वैशाख, २– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने भएको छ । ०७५ सालको वार्षिक समीक्षाका साथै समसामयिक विषयमा जानकारी गराउन कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ । दिउँसो ३ः १५ बजे पार्टी केन्द्रीय कार्यलय सानेपामा पत्रकार सम्मेलन गर्न लागिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाए । आजको…