अमेरिका जाने आशामा दलालबाट ठगिए दुई सांसद

काठमाडौं चैत, १५– कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजानै भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौँ ठगी गरेको खुलेको छ । अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरूकै नाम बेचेर अन्य व्यक्तिसँग लाखौँ उठाएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ । ओएस नेपालको आयोजनामा क्यालिफोर्नियामा…